AnonymousUser

Logout

जलवायु र मौसमी प्रकोपबाट एशिया सबैभन्दा बढी प्रभावित: राष्ट्रसंघ

एशियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएको उल्लेख छ। तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए।

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायत व्यवस्थापन गरिएको छ।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा रहेको छापावाला सुन मंगलबार एक लाख ३५ हजार ५०० रुपैयाँमा झरेको छ।

वीरगन्जको अलौमा आगलागी, ७ घर जले

स्थानीय महेन्द्र सहनीको फुसको घरमा बिजुलीबाट सल्किएको आगो नजिकका सात घरमा फैलिँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वडाध्यक्ष राजीवबहादुर क्षेत्रीले बताए। 

२ दिने भ्रमणका लागि कतारका राजा नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

कतारी राजा फिलिपिन्स र बांग्लादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम रहेको छ।

सर्लाहीमा ट्रयाक्टर दुर्घटना: १ जनाको मृत्यु, ४ घाइते

 सोमबार राति हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्याक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो।

इन्टर मिलानले ५ खेलअगावै जित्यो सिरी ‘ए’को उपाधि

सोमबार राति मिलानोमा भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै पाँच खेलअघि नै लिग च्याम्पियन बन्न सफल भएको हो। 

म्याग्दीका १०० भन्दा बढी वनमा डढेलो

जथाभाबी वन डढेलो लगाउँदा दर्जनौँ बस्ती जोखिममा परेका छन्। जिल्लामा रहेका ३११ सामुदायिक वनसँगै निजी वन, धार्मिक वन र अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वनमा हरेक दिन आगजनी भइरहेका छन्।

यस्तो रहनेछ मंगलबारको मौसम

कोशी, मधेश, बागमती, लुम्बिनी, गण्डकी र कर्णालीका तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

मौसम

बढ्यो गर्मी

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ। काठमाडौँको तापक्रम दुई चार दिनयता ३१/३२ डिग्री सेल्सियससम्म पुगेको छ भने तराईका जिल्लामा ४०/४२ डिग्री सेल्सियससम्म पुगेको छ। बढ्दो गर्मीका कारण तातो हावा चलिरहेको छ। तातो हावाले वायु प्रदूषण बढाउने र यसले बालबालिका, बृद्धबृद्धा र बिरामीको श्वास प्रश्वासमा असर गर्ने चिकित्सकहरू बताउँछन्। गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र डिहाइड्रेसनसमेत हुनसक्ने उनीहरूको भनाइ छ। गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खाने तथा प्रशस्त पानी पाइने फलफूल खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खानु पर्ने विज्ञहरूको सुझाव छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी

तराईमा अत्यधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध

महाशाखाले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

धूपबाट सल्किएको आगोले शिवनगरमा ३ पसल जले

घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा सोमबार तीन वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएको छ।

माथिल्लो अरुण र दूधकोशी आयोजनाको सुरुङ टीबीएमले खन्ने प्राधिकरणको तयारी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका २ आयोजनाको सुरुङ टीबीएममार्फत खन्दा समय बचत र काम गुणस्तरीय देखिएकाले ठूला सुरुङ भएका २ जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउने तयारी गरिएको बताए।

सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने निर्णयको सक्कल कागजात झिकाउन आदेश

सर्वोच्च अदालतले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्दा लिएको निर्णयको सक्कल कागजात झिकाउन आदेश दिएको छ।

संयुक्त राष्ट्रसंघका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै

यूएनडीपीको एशिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरू नेपाल आउने भएका छन्।

सशस्त्र प्रहरी निरीक्षक प्रकाश चन्दविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा

अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक प्रकाश चन्दविरुद्ध विशेष अदालतमा मुद्दा तयार गरेको छ।

गण्डकी सरकार गठनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

गण्डकी प्रदेश सरकार गठनविरुद्ध कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदन हेर्दाहेर्दैमा परेको छ।

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको मालिका गाउँपालिका–२ का किसान टेकबहादुर विकले बताए।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार ५६ लाख ५६ हजार २८२ कित्ता शेयर दुई अर्ब ५ करोड ८३ लाख रुपैयाँमा किनबेच भएको छ।

आगलागीका कारण आवासविहीन भए भूमिकास्थानका १३ परिवार

शनिबार भएको आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।