कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पर्यटन विभागका अनुसार हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्।
विरोध
रुसी सेनामा रहेका नेपालीको उद्धार गरिदिन माग गर्दै उनीहरूका परिवारले अनशन शुरू गरेका छन्। माइतीघरमा रुसी सेनामा रहेका नेपालीका परिवारले शुक्रबारदेखि अनशन थालेका हुन्। पटक–पटक गरिएको प्रयास उपलब्धिमूलक नरहेको जनाउँदै पीडित परिवारले सामूहिक रूपमा अनशन शुरू गरेका छन्। रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानले आफ्ना १३ वटा मागअघि सारेको छ। रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, करार सम्झौता रद्द गरी उद्धारको पर्खाइमा रहेका नागरिकहरूलाई पुनः युद्ध मैदानमा लगिएकाले उनीहरूलाई तत्काल उद्धार गरी नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ। त्यस्तै उनीहरूले युद्धमा घाइते नेपालीहरूको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, युक्रेनको कब्जामा रहेका ५ जना युद्ध बन्दीको सकुशल उद्धार गर्नुपर्ने माग अघि सारेका छन्। तस्वीरहरू/ नेपाल फोटो लाइब्रेरी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुनसहित एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बैठकमा उपस्थित नभएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन भएको सभामुखले सभामा जानकारी गराए।
सागर खातीको निर्देशनमा मञ्चन हुन लागेको ‘टिकट टु हलिउड’मा मिलन कार्की र सुदीप खतिवडाले अभिनय गरेका छन्।
विशेष अदालतले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ भने अन्य आठ जनालाई सफाइ दिएको छ।
तनहुँको भीमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब तीन करोड रुपैयाँ आम्दानी गरेका छन्।
कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जंगलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सीसी क्यामरा जडानको कार्य अगाडि बढाइएको बताए।
‘ठूल्दाइ र भाइनाइके भनिएकाहरूको संरचना हेरफेर गर्ने हिसाबले एउटा अधिकारसम्पन्न आयोग बन्नुपर्छ। अनि सुधारको बाटोतिर कारागार जान्छ।’
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत लिने निर्देशन दिन माग गरिएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।
घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थियो। त्यही बेला आगोले जलेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
'बायोजेनिक कार्बन एक्स्ट्र्याक्सन टेक्नोलोजी' प्रयोग गरी बनाइएको उक्त हिराको मूल्य ५५ लाख रुपैयाँ रहेको छ।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको छ। जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा शुक्रबार बिहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार ६ हजार ६९२ महिलासहित ७० हजार ९३३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।
माथिल्लो अरुणको पूर्वतयारीस्वरुप दुई किलोमिटर सुरुङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम अघि बढेको छ। जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको छ।
नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरे। ४० बल खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए।
निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदानमा १६ करोड ६३ लाख मतदाता सहभागी हुनेछन्। मतदानका लागि एक लाख ८७ हजार मतदान केन्द्र तोकिएको छ।
बिहीबार प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारका लागि एक लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ।