AnonymousUser

Logout

बांग्लादेशका राष्ट्रपतिले विघटन गरे संसद्

बांग्लादेशका राष्ट्रपतिले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मंगलबार संसद् विगठन गरेका छन्।

बागलुङमा पहिरोमा परेर ७ जनाको मृत्यु, ४ को उद्धार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जनाको उद्धार भएको छ।

नेप्से परिसूचक १४५ अंकले घट्दा पनि २३ अर्बको कारोबार

नेप्से परिसूचक १४५.०५ अंकले ओरालो लागेर २६५१.३२ को विन्दुमा सीमित भएको छ।

जलमग्न टेकु क्षेत्र (तस्वीरहरू)

मंगलबार बिहानैदेखिको वर्षाका कारण काठमाडौँका टेकुलगायतका स्थान जलमग्न भएका छन् भने जनजीवन प्रभावित भएको छ।

बांग्लादेश : अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेता युनुस सहमत

नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुस बांग्लादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्न सहमत भएका छन्।

गुल्मीमा पहिरोमा घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते

मुसिकोट नगरपालिकाको बिसौनाका स्थानीय विष्णु विकको घर मंगलबार बिहान पहिरोमा पुरिँदा चार जनाको मृत्यु भएको हो।

काभ्रेमा खोलाले बगाएर १ जनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध 

वर्षाका कारण मंगलबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

हिरोसिमामा बम आक्रमणको ७९ वर्ष पूरा

हिरोसिमाका मेयर काजुमी मात्सुईले युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको बताएका छन्। 

तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य 

सुनको मूल्य सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

बागलुङमा पहिरो: ४ घर पुरिए, १ जनाको मृत्यु

बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोले तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।

अविरल वर्षाले काठमाडौँका सडक जलमग्न

बागमती र यसका सहायक नदीहरू बिष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अन्य साना खोलामा जलसतह सतर्कता तहभन्दा माथि र केहीमा खतरासम्म पुगेको छ।

पुल नबन्दा सास्ती: तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुंगाकै भर

राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुंगा चढेर नदीपारि जाने गर्छन्।

दूधमा आत्मनिर्भर बन्यो कैलाली

कैलालीमा गाई र भैँसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन्। ती फार्ममा १५६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

पेरिस ओलम्पिक: अमेरिका ७९ पदकसहित शीर्ष स्थानमा

चीन, फ्रान्स, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटली, नेदरल्यान्ड्स र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन्।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शेख हसिना पुगिन् भारत

प्रधानमन्त्री पदबाट राजीनामा दिएर बांग्लादेश छाडेकी शेख हसिना भारत पुगेकी छन्।

सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग

सांसदले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

लेबनानमा नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।

काभा भलिबलमा नेपालसँग मल्दिभ्स पराजित

काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलमा नेपालले इरानसँग खेल्नेछ।

बांग्लादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

बांग्लादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बांग्लादेशबीचको व्यापारमा समेत परेको छ।