AnonymousUser

Logout

पेरिस ओलम्पिक: स्पेनले जित्यो पुरुष फुटबलमा स्वर्ण

पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा स्पेनले फ्रान्समाथि ५–३ को जितसहित स्वर्ण जितेको हो।

पहिरोले बेनी-दरबाङ सडक अवरुद्ध

बेनी नगरपालिका–४ सिंगा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बांगेभिर र मंगला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ।

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

ब्राजिलको दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडेको भोपस एयरलाइन्सको टर्बोप्रप विमान भिन्हेडो शहरमा खसेको छ। 

यस्तो रहनेछ शनिबारको मौसम

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

इजरायल जाने कामदारको छनोटका सम्बन्धमा छानबिन गर्न समिति गठन

छानबिन समितिले छनोट प्रक्रियामा पेश भएका कागजातहरूको आधिकारिकताको जाँचका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने श्रम मन्त्रालयले जनाएको छ।

बांग्लादेश घटना: हस्तक्षेप नगर्न भारतलाई ढाका, काठमाडौँ र कोलम्बोबाट खबरदारी

बांग्लादेशमा भएको पछिल्लो घटनालाई सन्दर्भ बनाएर बांग्लादेश, नेपाल र श्रीलंकाका पाँच नागरिकले संयुक्त रूपमा भारतलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आह्वान गरेका छन्।

आन्दोलन

निर्मला कुर्मी हत्याका अभियुक्तलाई मन्त्री बनाएपछि पीडित आन्दोलित

निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउन माग गर्दै पीडितले आन्दोलन शुरू गरेका छन्। बादसाहविरुद्ध अदालतमा मुद्दा पठाउन सरकारले सहमति गरे पनि प्रदेश मन्त्री बनाउँदै सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै पीडितहरू थप आक्रोशित बनेका हुन्। उनीहरू शुक्रबार काठमाडौँको कलंकीबाट खालीखुट्टा हिँडेर माइतीघर पुगेका छन्। तस्वीर: नेपाल फोटो लाइब्रेरी

भारतीय विदेशसचिव आइतबार काठमाडौँ आउने

भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्ने भएका छन्।

मन्त्रालय बाँडफाँट तथा राज्यमन्त्री थपबारे मधेशका मुख्यमन्त्रीसँग स्पष्टीकरण माग

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपबारेमा जानकारी माग गरेको छ।

विद्युत् प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब नाघ्यो

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसामु प्राप्त उपलब्धिलाई संस्थागत गर्नु, उत्पादित विद्युत्को बजार व्यवस्थापन तथा विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धिजस्ता चुनौती रहेको बताएका छन्।

मनसुनयता बाढी–पहिरोमा परी १७० जनाको मृत्यु, ४८ बेपत्ता

जेठ २८ गतेयता मनसुनी वर्षासँगै आएको बाढी, पहिरोलगायतका विपद्बाट चार हजार २९७ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

आर्थिक मन्दीको असर : म्याग्दीमा व्यवसाय दर्ताको तुलनामा खारेजी दर बढ्दो

उद्योग तथा व्यवसाय दर्ता र नवीकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनको आगामी बैठकमा पेश गर्ने व्यवस्था गर्न आग्रह

कानून समिति सभापतिसहितको टोलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था गर्न सभामुखलाई आग्रह गरेको छ।

काठमाडौँको कमलादीमा भासियो सडक

काठमाडौँ महानगरपालिका कार्यालयअगाडि टुकुचा खोलामाथिको सडक बिहीबार राति भासिएको प्रहरीले जनाएको छ।

विश्व आदिवासी दिवस मनाइँदै, काेशी प्रदेशमा सार्वजनिक बिदा

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले अगस्त ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

सर्पको टोकाइबाट बर्दियामा २ बालबालिकाको मृत्यु, १ घाइते

गुलरिया नगरपालिका–१ मा नौ महिनाको बालक मायरा चौधरी र ११ वर्षीया सोनिमा चौधरीको सर्पको टोकाइबाट बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार नागपञ्चमी, घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदै 

परम्पराअनुसार नागको पूजाअर्चना र घरको मूलढोकामा तस्वीर टाँसेर मनाइने यस पर्वका दिन देशभरका नाग मन्दिर तथा पोखरीमा भक्तजनको घुइँचो लाग्ने लागेको छ।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बांग्लादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन

मुहम्मद युनुस नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा मुख्य रूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ।

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका ५ नेपालीको अस्तुधातु परिवारलाई हस्तान्तरण

रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपालीको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।