बांग्लादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको सम्बोधनमा सेनाप्रमुख जमानले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका छन्।
सोमबार आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
सरकारविरोधी आन्दोलन चर्किँदै गएपछि बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन्।
बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुकाको चिलैया र गरैया क्षेत्रका किसानले लगाएको धानबाली पानी नपरेपछि सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशी बताउँछन्।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।
बेलायतका विभिन्न शहरहरूमा भएका हिंसात्मक विरोध प्रदर्शनमा १५० भन्दा धेरै व्यक्ति पक्राउ परिसकेका छन्।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा पहिलोपटक यहाँ उक्त विषयमा शिक्षण हुने भएको हो।
हालै बेइजिङ र मनिलाबीच दक्षिण चीन सागरमा तनाव बढेको छ। चीनले उक्त सागरको अधिकांश भूभागमा आफ्नो नियन्त्रण दाबी गर्दै आएको छ तर यस दाबीको कुनै कानूनी आधार छैन।
श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता बनाएको छ।
जोकोभिचको यो पहिलो ओलम्पिक उपाधि पनि हो। गत महिना भएको विम्बल्डन फाइनलमा अल्काराजले जोकोभिचलाई पराजित गर्दै उपाधि कब्जा गरेका थिए।
नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ।
मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रहरीले काठमाडौँ महानगरपालिका–७ कालोपुलबाट श्रीमान्को हत्या अभियोगमा श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ।
मौसम फेरबदल भइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेका सांसदको समर्थनमा आइतबार मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथलाई जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार आइतबार भोटो देखाइएको छ।
आइतबार दिउँसो ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।