मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
राजा लुइस तेह्रौँ युगको पुनर्जागरण शैलीबाट प्रेरित, ‘लुइस तेह्रौँ फ्लेउर डे परमे’ लाइटरलाई शाही मुकुटको रूपमा डिजाइन गरिएको छ।
नेपालमा बारम्बार भइरहेको हवाई दुर्घटनाका सम्बन्धमा छलफल माग गर्दै रास्वपाका सांसदले संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा मंगलबार भएको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
मंगलबार ८.१८ अंकले घटेर नेप्से परिसूचक २९२३.४६ को विन्दुमा कायम भएको छ।
मस्कले यस अनौपचारिक अन्तर्वार्ताले स्वतन्त्र मतदाताहरूलाई खुला दिमागमा मतदान गर्न सहयोग पुग्ने बताएका छन्। साथै उनले कमला ह्यारिससँग पनि एक्समा बहस गर्ने जनाएका छन्।
खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ। जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो।
मन्त्रिपरिषद् ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले सबै राज्यमन्त्रीलाई हटाएका हुन्।
भासिएको स्थानमा मर्मतका लागि मंगलबार दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो। जसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्।
तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले किसान यसतर्फ अग्रसर भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सिमलतालनजिकै पहिरोमा परेर हराइरहेको एन्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ।
अमेरिका यात्राका क्रममा दोस्रो प्रस्तुति सानफ्रान्सिस्कोको ‘वारफिल्ड हल’मा दिएको नेपथ्य ब्यान्ड अब कोलम्बसको ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा प्रस्तुत हुँदै छ।
लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीमा जल सतह बढेकाले तटीय क्षेत्र आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचनको तयारीबारे जानकारी गराएका छन्।
ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर सोमबार एक बालिकाको मृत्यु भएको छ।
प्रधानमन्त्री स्टार्मरले सत्ता सम्हालेयता आइतबार मात्रै स–साना डुंगामार्फत ७०० भन्दा बढी आप्रवासी बेलायती भूमिमा प्रवेश गरेका छन्।