प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।
अहिले सबै प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लमजुङ क्व्होलासोथर गाउँपालिका ५ का वडा महिला सदस्य वर्तामाया गुरुङले गाडी गुड्ने सडक तथा पैदल यात्रा गर्ने बाटो नै बाढीपहिरोले अवरुद्ध भएपछि जोखिमपूर्ण यात्रा गर्नुपरेको बताइन्।
अख्तियारले घुससहित पक्राउ परेका शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पर्व
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन यस वर्ष भदौ ३ गते परेको छ। यस पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधी मनाइन्छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा आज पनि प्रचलित छ। यही अवसरमा राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा आफ्नो दाजुभाइका लागि राखी किन्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ। अहिले बजारमा प्रतिगोटा राखीको ३०, ५०, १०० र सोभन्दा बढी मूल्यको पनि बिक्री भइरहेको छ भने डोरोको मूल्य १०० वटाको ५०० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन्। तस्वीर : नेपाल फोटो लाइब्रेरी
विश्वविद्यालयका प्राज्ञ र राज्यको नीतिनिर्माण तहमै हिमाली बौद्ध शिक्षाको इतिहास र महत्वबारे ज्ञान नहुँदा राष्ट्रको प्राचीन सम्पदा उपेक्षित अवस्थामा पुगेको सरोकारवालाहरूको टिप्पणी छ।
जेठ २८ गतेयता बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी १८२ जनाको मृत्यु र ५० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
काठमाडौँको नयाँ बानेश्वर चोकबाट शंखमूलतर्फ जाने मुख्य सडक भासिएको छ।
रानीझुला क्षेत्रमा घुम्ने क्रममा जंगलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि उद्धार भएको छ।
साफ यू२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ।
पर्व
समुन्द्र सतहबाट करिब ४,३८० मिटर उचाइमा अवस्थित कुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्ने गर्छ। यस वर्ष सोमबार परेको जैनपूर्णिमाका लागि श्रद्धालु त्यसतर्फ जाने क्रममा छन्।
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको छ।
आइतबार १.१४ प्रतिशतले घटेर नेप्से परिसूचक २९६६.३३ को विन्दुमा कायम भएको छ भने २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको छ।
कलकत्तामा महिला सहकर्मीको हत्या र यौन दुर्व्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकले आरजी कर मेडिकल कलेज एन्ड हस्पिटलमा प्रदर्शन जारी राखेका छन्।
मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन्।
छापावाल सुन शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ थियो। एकैदिन ३ हजार रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बनाएको छ।
छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२, काडला पहाडबाट तल्लु बगरसम्मको सडक अवरुद्ध भएको हो।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गरेको छ। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा सिरियाली शरणार्थी तथा श्रमिक रहेका छन्।