AnonymousUser

Logout

गाईजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगतिसमेत उजागर गर्ने चलन छ। सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक कार्यक्रम हुने गरेको छ। 

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्। 

सुक्खा पहिरोले पार्थली–गेल्दुङ सडक अवरुद्ध

 सुक्खा पहिरोका कारण खोपासी–च्याम्राङबेंसी सडकअन्तर्गत पार्थलीमा सडक अवरुद्ध भएको छ।

सुख्खा पहिरोले इन्द्रावतीको बहावमा अवरोध, सतर्कता अपनाउन प्रशासनको आग्रह

थुनिएको नदी एक्कासि खुलेमा पाँचपोखरी र इन्द्रावती गाउँपालिकाका साथै मेलम्ची नगरपालिकाका बासिन्दा प्रभावित हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ।

नेपालगन्ज म्याराथन मंसिर २२ गते

नेपालगन्ज म्याराथनका क्रममा दुईदिने नेपालगन्ज कन्क्लेभ र एक्स्पो आयोजना गरिने क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीको भनाइ छ।

साफ यू२० च्याम्पियनसिपमा भुटानमाथि भारतको जित

साफ यू२० च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को खेलमा भारतले भुटानलाई पराजित गरेको छ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १९० पुग्यो, ४९ जना बेपत्ता

देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो लगायतका विपद्मा परी पछिल्लो २४ घण्टाको अवधिमा थप आठ जनाले ज्यान गुमाएका छन्।

प्राधिकरणले ८.७२ रुपैयाँका दरले भारतमा थप २५१ मेगावाट विद्युत् बेच्ने

प्राधिकरणले १० आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् विहारलाई र दुई आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीलाई बिक्री गर्ने भएको छ।

चिनियाँ फुटबल संघका पूर्वपदाधिकारीलाई भ्रष्टाचारको अभियोगमा ११ वर्ष जेल सजाय

अदालतले चिनियाँ फुटबल संघका पूर्वउपाध्यक्षलाई एक लाख ४० हजार अमेरिकी डलर जरिबाना पनि निर्धारण गरेको छ। साथै, भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ।

मंकीपक्स संक्रमणको जोखिममा नेपाल, विमानस्थल तथा सीमानाकामा बढाइँदै निगरानी

स्वास्थ्य मन्त्रालयले हवाई तथा सीमानाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। 

कर्णालीमा आइतबारदेखि विद्युत् अवरुद्ध

विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रूख ढलेर विद्युत्को खम्बामा पर्दा तार टुटेर लाइन अवरुद्ध भएको हो।

इजरायल पुगेका अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने– युद्धविरामका लागि ‘सम्भवतः अन्तिम’ मौका

गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन्।

पहिरोमा परी जाजरकोटमा एकाघरका ३ जनाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ।

अमेरिकामा नेपथ्यसँगै नेपालीपन खोजिरहेका दर्शक

अमेरिकाको पश्चिमी भेगमा अघिल्ला दुई वटा कन्सर्ट सम्पन्न गरेर मध्यपश्चिमी राज्य ओहायोको राजधानी कोलम्बस आइपुगेको नेपथ्यको तेस्रो प्रदर्शन पनि उत्तिकै भव्य रूपमा सम्पन्न भएको छ।

बझाङको बुङ्गलमा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु

बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा अविरल वर्षासँगै पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने पुरिएका अन्य छ जनाको जीवितै उद्धार गरिएको छ।

गोसाइँकुण्डमा भक्तजनको घुइँचो

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ।

जसले घुम्न आउनेहरूको फोटो खिचेर घरखर्च चलाउँछन् (तस्वीरसहित)

काठमाडौँको स्वयम्भू क्षेत्रमा पनि यसरी नै फोटो खिचेर जीविका चलाउनेहरू भेटिन्छन्। घरखर्चको जोहो गर्ने माध्यम बनेको छ उनीहरूका लागि फोटोग्राफी।

एम्बाप्पेको लालिगा डेब्यु: रियल र मालोर्काबीच १-१ गोलको बराबरी

किलियन एमबाप्पेको यो रियलका तर्फबाट ला लिगामा डेब्यु खेल हो। तर, यसमा उनले गोल गर्न सकेनन्।

इंग्लिस प्रिमियर लिग: चेल्सीलाई हराउँदै सिटीको विजयी शुरूआत

साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जितसहित शानदार शुरूआत गरेको छ।