AnonymousUser

Logout

उकालोको खोजमूलक रिपोर्टलाई ‘स्पेसल मेन्सन’

बीपी अनमोल र दीप सुवेदीले तयार पारेको रिपोर्टले ‘एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड २०२४’ को ‘बेस्ट इन्भेस्टिगेसन’ विधामा ‘स्पेसल मेन्सन’ प्राप्त गरेको हो।

बालकमाथि हुने यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान

सूचना प्रविधिको प्रयोगसँगै बालकहरू यौन हिंसाको जोखिममा रहेका छन्। साइबर ब्युरोको तथ्यांकअनुसार गत आ.व.मा २५३ बालक र ३८२ बालिका साइबर अपराध पीडित भएका थिए।

लगातार चाैथो कारोबार दिन पनि घट्यो शेयरबजार

अघिल्लो बुधबार ६२ अंकले बढेको नेप्सेले त्यसपछि भने घट्ने क्रमलाई निरन्तरता दिएको छ।

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौँ फर्कंदै गर्दा काठमाडौँको नागढुंगाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पोरेसन’का प्रमुखको भेट

कर्पोरेसनका प्रतिनिधिले यसअधि भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग भेटेर रेलवे निर्माण र सहकार्यका लागि संयुक्त कार्य समूह बनाइ अध्ययन गर्ने विषयमा समझदारी गरेको थियो।

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी विधेयकलाई समयानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताएका छन्।

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए।

मखनटोलमा लागेको आगो नियन्त्रणमा

आगो निभाउन काठमाडौँ र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। 

काठमाडौँको मखनटोलमा आगलागी, १ जनाको मृत्यु

काठमाडौँ महानगरपालिका–२४ मखनटोलस्थित दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन।

त्रिशूली नदीमा नुहाउने क्रममा २ बालिका बेपत्ता

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा नुहाउने क्रममा ११ वर्षीया बालिका जेनी डंगोल र सदीक्षा राई बेपत्ता भएका छन्।

सिरियामाथिको प्रतिबन्ध हटाउने अमेरिकाको घोषणा 

भ्रमणका क्रममा साउदी अरबमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने बताएका हुन्। 

देशभर बढ्यो गर्मी

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भारतको पन्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

पन्जाबको अमृतसरमा अवैध रक्सी सेवनका कारण २१ जनाको मृत्यु भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

मिश्र, प्रसाईंसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित २५ जनाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ।

मिर्चैयामा टिपरको ठक्करबाट १ जनाको मृत्यु

मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा मंगलबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

नेपाल हङकङसँग ७ विकेटले पराजित

आईसीसी महिला टी२० विश्वकप एशिया क्वालिफायर क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको अभियोगमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ।

निर्वाचनमा सहमागी हुन नपाउने भयो हसिनाको दल अवामी लिग

बांग्लादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए।

‘सगरमाथा संवाद’मा १७५ विदेशी पाहुना सहभागी हुने

सगरमाथा संवादमा भारत, चीन र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

दोहोरो अंकले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को बिन्दुमा कायम भएको छ।