AnonymousUser

Logout

इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया

सरकारी तथ्यांकअनुसार पाँच प्रतिशत बायोइथानोल मिश्रणको आवश्यकता पूरा गर्न इन्डोनेसियालाई वार्षिक १० देखि १२ लाख किलोलिटर इथानोल आवश्यक पर्नेछ।

पोर्चुगलमा नेपालीहरू नेपालीबाटै ठगिइरहेका छन्: राजदूत पौडेल 

‘पोर्चुगलको आकर्षण भनेकै यहाँको खुकुलो अध्यागमन नियम हो। सहजै बसोबास अनुमति पाइने र यहाँको पासपोर्टसमेत पाउन सकिने रहेछ। यसले पनि धेरै नेपाली पोर्चुगल आउने रहेछन्।’

३२औँ मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभागप्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा निधन भएको थियो। 

नागढुंगाको विकल्पमा धार्के-सीतापाइला सडक [तस्वीरहरू]

काठमाडौँबाट बाहिरिने वा भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन्। करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ।

अभ्यास खेलमा नेपाल ३ विकेटले विजयी

२१३ रनको विजयी लक्ष्य नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। गुल्सन झाले सर्वाधिक ८० रन बनाए। आरिफ शेख ७३ रनमा नटआउट रहे।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ।

‘जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती’

सरोकारवाला विज्ञहरूले जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

हावाहुरीका कारण ८ विमान ‘डाइभर्ट’

त्रिभुवन​​​​​​​ विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन्।

दक्षिण लेबनानमा स्थानीय र शान्ति सैनिकबीच झडप

संयुक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रवक्ताका अनुसार दक्षिण लेबनानमा शान्ति सैनिकको नियमित गस्तीका क्रममा स्थानीयले हातहतियारसहित अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो।

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले बताए।

सगरमाथा संवाद : जलवायु संकट समाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड

सगरमाथा संवादमा सरोकारवाला विज्ञहरूले अन्तर्राष्ट्रिय जलवायु संकट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिएका छन्।

काठमाडौँमा कारको ठक्करबाट घाइते बालकको मृत्यु

काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उचारका क्रममा शुक्रबार मृत्यु भएको छ।

कमजोर पुँजीगत खर्च, १० महिनामा ३५ प्रतिशत मात्रै

खर्चको तुलनामा राजस्व संकलन निकै कम हुँदा चालु आर्थिक वर्षको १० महिनाको अवधिमा घाटा बजेट दुई खर्ब रुपैयाँ नाघेको छ।

भक्तपुरबाट लागुऔषध कारोबारमा संलग्न ८ जना पक्राउ

भक्तपुर प्रहरीले २४ घण्टाको अवधिमा सूर्यविनायक र मध्यपुरथिमि नगरपालिका विभिन्न क्षेत्रबाट लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ।

टी–२० विश्वकप एशिया छनोटको 'सुपर थ्री'मा पुग्यो नेपाल

शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि सुपर थ्रीमा नेपालको स्थान पक्का भएको हो।

काठमाडौँ र ललितपुरका सम्पदा जोड्ने गरी 'हेरिटेज रन' हुने

रेस नेपालको आयोजनामा यही जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्ने गरी सम्पदा दाैड (नेपाल हेरिटेज रन) हुने भएको छ।

यूएईमा ट्रम्पको बेग्लै स्वागत, युवतीहरूले कपाल फिजाउँदै गरे नृत्य

परम्परागत पोशाकमा सजिएका युवतीहरू अगाडि लाइनमा उभिन्छन्, आफ्नो लामो कपाललाई एक छेउबाट अर्को छेउमा सुन्दर ढंगले घुमाउँछन्।

बिहीबार मध्यरातदेखि गाजामा इजरायली आक्रमण, कम्तीमा ११४ जनाको मृत्यु

इजरायलले विगत साढे दुई महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा समेत प्रतिबन्ध लगाएको छ।

चितवनमा बस दुर्घटना हुँदा १५ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्।