अवरुद्ध भएको स्थानमा मर्मत गरेर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले तटीय क्षेत्रमा मंलबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बाढीमा परेर ३ जना प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
त्रिशूली नदी किनारामा दाउरा काट्न गएका उनीहरू एक्कासि बाढी आएपछि रुखमा चढेर बसेका थिए।
पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेशी-रसुवागढी सडकखण्डमा भोटेकोशीको बाढीले सडक पूर्ण रूपमा कटान गरेको छ।
नदीमा पानीको बहाव अझै उच्च गएकाले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई प्राधिकरणले अनुरोध गरेको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पर्साको ठोरी गाउँपालिका–३, शिकारीबासका बासिन्दाले फोन सम्पर्क गर्नका लागि रूख चढ्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कार्यकारी निर्देशकको हस्ताक्षर किर्ते गरी कर्मचारी बर्खास्त गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको रेलको ठक्करबाट देउरी परवाहा स्टेसननजिकै एक जनाको ज्यान गएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा थप कर लगाउने चेतावनी दिएपछि चीनले ब्रिक्स समूहले ‘टकराव’ नचाहेको जवाफ दिएको छ।
चिकित्सक संघले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन थालेकोबारे अस्पताल पुगेपछि मात्र थाहा पाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ।
सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ को बिन्दुमा कायम भएको छ। होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेक अन्य सबै समूहका उपसूचकमा गिरावट आएको छ।
सांसदले भूकम्प पुनर्निर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै चोभार गल्छीको संरक्षणमा जोड दिएका छन्।
चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा उपभोक्ता अदालतको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दा टाढाबाट आएका बिरामी समस्यामा परेका छन्।
काभ्रेपलान्चोकमा यस वर्षको मनसुनमा ३९५ बस्तीका ६ हजार ३७५ घरपरिवार मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
प्रतिपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाइएको भन्दै सोमबार प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।
अहिले हप्ताको दुई दिन, सोमबार र शुक्रबार, काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि उडान तालिका तोकिएको छ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको गरी चार जनाको नाम अनुमोदन गरेको छ।