दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बाढीका कारण जोखिमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित न्याम्डो गाउँका दुई परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
रसुवामा बाढीमा परी बेपत्ता भएकामध्ये नौ जनाको शव फेला परेको छ। अझै १९ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय विपद् परिषद्को बैठकले रसुवागढी बाढीमा बेपत्ताको खोज-उद्धारलाई प्रभावकारी बनाउने तथा चीनसँगका वैकल्पिक नाकाको सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ।
विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
जल तथा मौसम विज्ञान विभागले रसुवाको भोटेकोशीमा आएको बाढीको कारण पत्ता लगाउन भूउपग्रह तस्वीर अध्ययन गरिरहेको जनाएको छ।
रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टर ‘प्राविधिक समस्या’का कारण चिनियाँ क्षेत्रमा ‘फोर्स ल्यान्डिङ’ गरिएको छ।
रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका प्रधानमन्त्री ओलीले बाढीबाट भएको क्षति, उद्धार र राहत वितरणमा चासो व्यक्त गरेका छन्।
भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले ६४ वटा सवारीसाधन बगाएको छ। प्रहरीका ३ जनासहित २० जना सम्पर्कविहीन छन्। विद्युत् आयोजनामा क्षति पुग्दा बिजुली उत्पादन रोकिएको छ।
टेक्सासमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या सोमबार १०० भन्दा बढी पुगेको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी छ।
‘प्राध्यापकहरू जग्गा जोत्न जाने हुन् र? क्याम्पसलाई यत्रो जग्गा किन चाहियो भन्दै धमाधम कब्जा गरियो। त्यो जग्गा फिर्ता माग्दै आन्दोलन गर्दा हामीलाई हिरासतमा कोचियो।’
तिब्बतको न्यालममा मंगलबार राति भारी वर्षको सम्भावना रहेकोले सिन्धुपाल्चोक प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार रसुवामा आएको बाढीका कारण सात जनाको मृत्यु भएको छ। हालसम्म ५५ जनाको उद्धार गरिएको छ भने १८ जना अझै सम्पर्कविहीन छन्।
नेपाल–चीन सिमानामा रहेको ल्हेंदे खोला र भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो धनजनको क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय सरकारी टोलीसहित घटनास्थल पुगेका छन्।
मंगलबार नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा कायम भएको छ।
नेपाल–चीन सिमानामा रहेको ल्हेंदे खोलामा आएको बाढीमा फसेका ५७ जनाको उद्धार गरिएको छ।
सांसदले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थ समूहमा घ्यू तथा तेल, गैरमदिराजन्य पेयपदार्थ, फलफूल, दाल र गेडागुडीको मूल्य बढेको छ भने तरकारी, मरमसला, माछा र मासुको मूल्य घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो।