AnonymousUser

Logout

बालुवा र धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकालमा मृत्यु: राष्ट्रसंघ

ब्लूएमओको प्रतिवेदनअनुसार बालुवा र धुलोको आँधीले विश्वका १५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको छ भने हरेक वर्ष ७० लाख मानिसको श्वासप्रश्वास र मुटुसम्बन्धी रोगबाट अकाल मृत्यु हुने गरेको छ।

प्रतिनिधिसभामा मन्त्रीका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदले मन्त्रीहरूमाथि लागेको घुसको आरोपको जवाफ दिन र दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मौद्रिक नीतिपछि पुँजी बजारमा सुधार, नेप्से परिसूचक २९ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक २९ अंकले बढेर २७६०.८० बिन्दुमा कायम भएको छ भने ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

असार सकिन लाग्दा पनि तराईमा पर्याप्त वर्षा नभएर रोपाइँ हुन नसकेपछि सांसदहरूले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहतका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

अमेरिकी कर नीतिका कारण नयाँ तरंग

ट्रम्पले क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत व्यापारिक साझेदारलाई पत्र पठाउँदै २० देखि ५० प्रतिशतसम्मको ट्यारिफ दर घोषणा गरेका थिए।

कोशी, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको पूर्वानुमान

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

शनिबार साँझ नर्भिक अस्पताल काठमाडौँमा उपचारका क्रममा उनको निधन भएको हो। 

लोघेकर दामोदरकुण्डमा परम्परागत घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत ढुंगा र माटोले बनेका घरहरूको मौलिकता जोगाउन अब भित्ता सेतो तथा छत, झ्याल र ढोका कालो हुनुपर्ने मापदण्ड तोकेको छ।

बाढी र पहिरोले ५ राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण पाँच राजमार्ग अवरुद्ध भएका छन् भने केही स्थानमा यातायात आंशिक रूपमा मात्र सञ्चालनमा आएका छन्।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

चन्द्रागिरिका वडा नं १, २ र ३ अव्यवस्थित विकास निर्माणका कारण यस वर्ष पनि पहिरोको उच्च जोखिममा छन्।

मधेश प्रदेशसभा बैठक अवरुद्ध, बजेट छानबिन कार्यदलमा मन्त्रीको नाम राखेपछि विवाद

मधेश प्रदेशसभाको बैठक बजेट छानबिन कार्यदलमा मन्त्रीको नाम राखिएको भन्दै प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ।

के छ एयर इन्डिया विमान दुर्घटनाबारेको प्रारम्भिक प्रतिवेदनमा?

एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले उडानकै क्रममा दुवै इन्जिनको इन्धन आपूर्ति बन्द भएको खुलासा गरेको छ।

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको भन्दै टानले चीन सरकारसँग कूटनीतिक पहल गरी अन्य नाकाबाट यात्रा सहज बनाउन माग गरेको छ।

‘नेपालगन्ज नाइट रन’ले पायो अन्तर्राष्ट्रिय मान्यता, एम्समा आबद्ध

नेपालको एक मात्र रात्रिकालीन दौड ‘नेपालगन्ज नाइट रन’ एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एन्ड डिस्टेन्स रेसमा औपचारिक रूपमा आबद्ध भएको छ।

टिमुरे भन्सारमा गाडीको बिजोग [तस्वीरहरू]

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको जिप शनिबार बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ।

कोशी, मधेश र बागमतीमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्णिमाको ह्याट्रिकमा भुटानमाथि नेपालको सहज जित

 पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ।

दाङमा सुई अभावले हेमोफिलियाका बिरामीलाई सास्ती

दाङको तुलसीपुरमा हेमोफिलियाका बिरामीहरूले आवश्यक औषधि (फ्याक्टर सुई) समयमा नपाउँदा ठूलो समस्या भोगिरहेका छन्।

गाजामा मानवीय सहायता वितरणका क्रममा ८०० जनाको मृत्यु: राष्ट्रसंघ

गाजामा मानवीय सहायता प्राप्त गर्ने क्रममा मे महिनाको अन्तिम सातायता करिब ८०० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। अधिकांशको मृत्यु सहायता वितरण केन्द्रनजिकै भएको हो।