मकालु आधार शिविरसहित संखुवासभाका उच्च हिमाली भेगमा मंगलबार बिहानदेखि नै वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात हुनेछ।
सीआईबीले मंगलबार नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको छ।
टानले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ।
सरकारले राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार छलफल गर्ने भएको छ।
हिमपातका कारण मनाङलगायतका हिमाली जिल्लामा अलपत्र परेका यात्रुहरूको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने भएपछि, प्राधिकरणले तीन दिन उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
मंगलबार नेप्से परिसूचक ६२.२९ अंक अर्थात् २.४८ प्रतिशतले बढेर २५७१.३४ को विन्दुमा पुगेको छ।
भारतको पूर्वी तटतर्फ बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै विद्यालयहरू बन्द गरिएका छन् भने तटीय क्षेत्रका हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ।
बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
स्वतन्त्र व्यापार सम्झौताको यस विस्तारित संस्करणले गैर–कर अवरोधहरू घटाउने र साना व्यवसायका लागि बजार पहुँच सुधार्ने अपेक्षा छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
सावित्राको दुई गोलमा भारतलाई २–१ ले पराजित गर्दै नेपालले थ्री नेसन्स कपको सुखद अन्त्य गरेको छ।
उच्च हिमाली क्षेत्रका पदमार्गमा बुधबारसम्म यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय, मुस्ताङले आग्रह गरेको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन्।
महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा घुसपैठ गरी उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका संलग्नहरूमाथि छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ।
शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू भएको चार दिने छठ पर्वको सोमबार षष्ठी तिथिको साँझ मुख्य पूजा सम्पन्न भएको हो।