बालमन्दिर र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नाममा रहेको ५७ रोपनी जग्गा दुरूपयोगको विषय उकालोले शृंखलाबद्ध रूपमा उठाएको थियो।
नेपालले फागुन १२ गते सिंगापुर, १३ गते कुवेत, १५ गते हङकङ, १६ गते मलेसिया र १८ गते अन्तिम खेल यूएईविरुद्ध खेल्ने छ।
मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराउनुपर्छ। वन ऐनविपरीत स्थानीय तहले लगाउँदै आएको गिट्टी-बालुवाको ठेक्का बन्द गर्नुपर्छ। खुला चरीचरण रोक्नुपर्छ। नदीको कटान पनि रोक्ने काम भएको छैन।
मोटरसाइकल र ट्याक्सी चालकले न्यूनतम तलब नपाउने लगायतका समस्या देखिएकाले यूएई र कतार नपठाउने निर्णय गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
दरबारको भित्री भागमा भेटिएको यस ट्वाइलेटलाई अनुसन्धानकर्ताले संभ्रान्तहरूको ‘विलासिताको वस्तु’ भनेका छन्।
धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित कालिका मन्दिरको जीर्णोद्धार २६ लाख रुपैयाँ खर्च भएको छ।
रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले समान २ तथा एडर मिलिसाओले १ गोल गरे।
प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई माओवादीले सहयोग गर्छ भन्नेमा हामी विश्वस्त छौँ। त्यसैअनुसार हामीले संवाद अघि बढाएका छौँ। कांग्रेसले पुस १० गते अघिकै गठबन्धनलाई ब्युँताउन खोजेको साँचो हो।
स्कट्ल्याडका प्रशिक्षक शेन बर्गरले नेपाली पक्षलाई पूर्वजानकारी गराएरै सन्दीपसँग हात नमिलाएको स्वीकार गरेका छन्।
आईसीसी यू–१९ विश्वकपका लागि यूएईमा हुने एशियाली छनोट प्रतियोगितामा नेपाली टोलीको कप्तानी देव खनालले गर्ने भएका छन्।
आज मंगलबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
शृंखलामा शतप्रतिशत जित हासिल गरेपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको प्रतिक्रिया दिएका छन्।
लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफल गर्ने भएको छ।
पुटिनले युक्रेनी जनता ‘पश्चिमाहरूको बन्धक’ भएको आरोप लगाए। उनले अमेरिकासहित पश्चिमा राष्ट्रहरूले द्वन्द्व थप लम्बाउन युक्रेनलाई उक्साइरहेको तर्क गरे।
एकीकृत समाजवादी अध्यक्ष नेपाल भन्छन्– पार्टीको धारणा के छ भन्दाखेरि, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ।
आर्थिक संकट खेपिरहेका जनता पाकिस्तान पहिलाजस्तै भैदिए हुन्थ्यो भन्ने चाहन्छन्। धेरैजना पहिलाको पाकिस्तान सम्झन्छन्। तर अहिले महँगी यति बढेको छ कि, दैनिकी कठिन बनेको छ। बजारमा किनमेल प्राय: शून्य छ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको अर्धशतकीय इनिङ्स खेले। उनी १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे।
विराटनगर उड्न धावनमार्गनजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।
अमेरिकी राष्ट्रपतिको आकस्मिक युक्रेन भ्रमणको एकदिन पछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला निर्देशक वाङ यी रुस पुगेका छन्।