AnonymousUser

Logout

कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रकाशशरण महत

सांसद महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्नेमा अन्य दलहरू पनि सकारात्मक रहेको बताएका छन्।

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, भोलि मनोनयन दर्ता हुन्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार एमालेका उम्मेदवारले राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने बताएका छन्।

खानेपानीको भयावह अवस्था अन्त्य गर्ने योजना पेस गर्न कांग्रेस सांसदको माग

सांसद पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेको बताए।

यू–१९ विश्वकप एशियाली छनोट : नेपालले सिंगापुरलाई दियो २६२ रनको लक्ष्य

आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकमा नेपालले आईसीसी यू–१९ विश्वकप एशियाली छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा सिंगापुरलाई २६२ रनको लक्ष्य दिएको छ।

केपी ओली कप : एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा 

आर्मीले फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ। 

राष्ट्रसंघमा युक्रेनलाई नेपालसहित १४१ देशको समर्थन, चीन र भारत तटस्थ

चीन, भारत र पाकिस्तानसहित ३२ राष्ट्र तटस्थ बसेका छन्। बेलारुस, उत्तर कोरिया,  इरिट्रिया, माली र निकारागुवाले विपक्षमा मतदान गरेका छन्।

कांग्रेस–माओवादीसहितका चार दलको बैठकबाट राष्ट्रपति उम्मेदवार तय भएन, पाँच बजे अर्को बैठक

राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका चार दलको बैठक बिना निष्कर्ष टुंगिएको छ।

पुनराेदयको संकेत दिँदै म्यान्चेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलभन्दा पाँच अंकले पछाडि रहेको म्यान्चेस्टर युनाइटेड लिग कपको फाइनलमा पुगिसकेको छ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

बजारमा छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

रामोसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका रामोसले २३ गोल गरेका छन्।

कांग्रेससहित ४ दलको संयुक्त बैठक बालुवाटारमा जारी

माओवादीसहितका तीन दलले आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा प्रस्ताव गर्ने बताइएको छ। 

६८ प्रतिशतले घट्यो तेल निर्यात 

भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि माघसम्ममा २२ अर्ब २० करोड रुपैयाँको तेल निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ७१ अर्ब ९० लाखको निर्यात भएको थियो। 

प्रदेश १ मा मेघ गर्जनसहित वर्षाको सम्भावना

प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

एभरेस्ट, धादिङ र ब्राइट फ्युचर सेमिफाइनलमा

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

२०७९ फागुन ११, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

राष्ट्रपतिको उम्मेदवार तय गर्नबाट किन रोकियो कांग्रेस?

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उम्मेदवारको मनोनयनको दिन, फागुन १३ गते बिहान मात्र आफ्नो पार्टीले राष्ट्रपति उम्मेदवारको नाम घोषणा गर्ने बताए।

बिनानिष्कर्ष टुंगियो तीन दलको बैठक, शुक्रबार कांग्रेससँग छलफल हुने

जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार शुक्रबार बिहान ८ बजे राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेससमेतको सहभागितामा बैठक बस्ने छ।

सन्दीप लामिछानेमाथि लागेको विदेश भ्रमण प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्चमा निवेदन

सन्दीप लामिछाने माथि लगाइएको विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै उनका वकिल सरोज घिमिरेले सर्वोच्चमा निवेदन दिएका छन्।

‘जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक’

जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन्।

जंगबहादुरका चिठी र फोकल्यान्ड युद्ध–अनुभव समेटिएको पुस्तक प्रकाशित

‘तीन फरक विषय: फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर’ नामक पुस्तक प्रकाशित भएको छ।