Friday, April 26, 2024

-->

वैशाख १६ गते ‘लेखक दिवस’ मनाउन नेपाली लेखक संघको प्रस्ताव

नेपाली लेखक संघले वैशाख १६ गते ‘राष्ट्रिय लेखक दिवस’ मनाउन प्रस्ताव गरेको गरेको छ।

वैशाख १६ गते ‘लेखक दिवस’ मनाउन नेपाली लेखक संघको प्रस्ताव

काठमाडौँ– नेपाली लेखक संघले वैशाख १६ गते ‘राष्ट्रिय लेखक दिवस’ मनाउन प्रस्ताव गरेको गरेको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै कार्यदलको प्रस्तावअनुसार हरेक वर्ष दिवस मनाउने निर्णय गरेको हो।

“राष्ट्रिय लेखक दिवस कहिले, किन र कसरी मनाउने भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न गठित कार्यदलले गरेको प्रस्ताव मुताबिक हरेक वर्ष वैशाख गतेको दिनलाई राष्ट्रिय लेखक दिवसका रूपमा मनाउने निर्णय लेखक संघले गरेको छ,” जारी विज्ञप्तिमा भनिएको छ।

विसं. १९८७ सालमा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखकले हस्ताक्षर गरी भीम शमशेरसमक्ष प्रस्ताव पेस गरेका थिए। त्यसपछि उनले सबैलाई दरबारमा बोलाएर दण्डित गरेको दिनलाई लेखक दिवसका रूपमा मनाउन लागिएको पनि विज्ञप्तिमा उल्लेख छ।

यस्तै, लेखक संघले एक लाख रुपैयाँ राशिको राष्ट्रिय लेखक पुरस्कारसमेत घोषणा गरेको छ। उक्त पुरस्कार यस वर्ष कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष सोझो गाउँलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।


सम्बन्धित सामग्री