Monday, May 06, 2024

-->

यसरी खोजियो हाँडीगाउँमा गहना (तस्वीरहरू)

टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएर प्रतीकात्मक रूपमा गहना खोज्ने गरिन्छ।

यसरी खोजियो हाँडीगाउँमा गहना तस्वीरहरू

काठमाडौँ– काठमाडौँस्थित हाँडीगाउँमा बुधबार गहना खोज्ने जात्रा मनाइएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ।

गहना खोज्ने जात्रा भनिए पनि पोखरीमा गहना भने हुँदैन। प्रतीकात्मक रूपमा मात्रै गहना खोजिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। 

किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएकी थिइन्। त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको इतिहास संस्कृतिकार जानकारहरू बताउँछन्।

 


सम्बन्धित सामग्री