Saturday, April 27, 2024

-->
महोत्सव
पोखरा सडक महोत्सवको रमझम

‘सडकमै खाऔँ सडकमै रमाऔँ’ नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव शुरू भएको छ। पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सको शुरूआत गरिएको हो। कार्यक्रम पोखराका स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति छ। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हरेक वर्ष यो महोत्सव हुँदै आएको छ। महोत्सवलाई रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपालले (रेवान) आयोजना गर्ने गरेको छ। डिसेम्बर २८ देखि जनवरी १ सम्म चल्ने यो महोत्सवमा विभिन्न सांस्कृतिक सांगीतिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरेको छ भने लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेस्टुरेन्टले आफ्ना पकवानहरू पस्किने गरेका छन्। महोत्सवमा राष्ट्रियस्तरमा चर्चित गायकहरू दीपक बज्राचार्य, र्‍यापर लाहुरे, र्‍यापर राजन केसी, शिला आले, समीक्षा अधिकारी, बद्री पंगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एन्ड रिभाइबल, मोक्ष ब्यान्ड आदि चर्चित गायक गायिका एवं ब्यान्डहरूले आफ्नो प्रस्तुति दिनेछन्। महोत्सवमा रेवानले एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकीय सहकार्य र 'नोस्टाल्जिक-थ्री'सँग फुड कोर्ट पार्टनरका रूपमा सहकार्य गरिरहेको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:  


Topics