Saturday, April 27, 2024

-->
पर्व
सात गाउँ जात्राको रौनक

यतिबेला काठमाडौँको दक्षिण भेगका सबै गाउँहरू जात्रामय छन्। काठमाडौँको दक्षिण भेगका कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ मिलेर गरिने जात्रा ‘सात गाउँ जात्रा’ अर्थात् ‘न्हयगां जात्रा’ बनाइँदै छ। सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो। हरेक गाउँमा जात्रा चलाइने आआफ्नै देवीहरू छन्। कीर्तिपुरमा चाहिँ इन्द्रायणी देवीको जात्रा चलाइन्छ। आजका दिन कीर्तिपुरमा बाघभैरव मन्दिर परिसरबाट जात्रा शुरू हुन्छ। यसमा इन्द्रायणी देवीलाई खटमा राखी कीर्तिपुर नगर परिक्रमा गराइन्छ। धूमधामसाथ मनाइने यो जात्रा हेर्न अन्य स्थानका मानिसहरू पनि कीर्तिपुर पुग्ने गर्छन्।

प्रकाशित मिति: