Saturday, April 27, 2024

-->
अस्तव्यस्त सडक
अस्तव्यस्त छ काठमाडौँको सडक

काठमाडौँ उपत्यकाको सडक धुलो, धुवाँ, ढल र खाडललगायत कारणले अस्तव्यस्त छ। सडकमा कोरिएका जेब्रा क्रस, सडक लेन मेटिएको छ। कतै जेब्रा क्रससमेत नहुँदा पैदल यात्रुले सकस भोग्नु परेको छ। खानेपानीका लागि जथाभाबी खनेर बनेको खाडल तथा बिजुलीको भूमिगत तार व्यवस्थापनले झन् जोखिम बढेको छ। बढ्दै गएको सवारी साधनको संख्याले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। धुलो र धुवाँले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पारेको विभिन्न तथ्यांकले देखाएका छन्।

प्रकाशित मिति: