Saturday, April 27, 2024

-->
पर्यटन
सन्दकपुरको सौन्दर्य

उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थान हो। समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ। यहाँबाट सगरमाथा, कन्चनजंघासहित मनोरम हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ। प्राकृतिक दृश्यसँग रमाउँदै सूर्योदय र हिमशृंखला अवलोकन गर्न आउनेहरूको यहाँ चहलपहल रहन्छ। आसपासका क्षेत्र जैविक विविधताका साथै कतिपय दुर्लभ वन्यजन्तुको वासस्थान समेत रहेकाले अनुसन्धानकर्ताहरू पनि यो क्षेत्रमा पुग्ने गर्दछन्। तस्वीरः विमल वैद्य

प्रकाशित मिति:  


Topics