Saturday, April 27, 2024

-->
ट्रलीबस
इतिहास बनेको ट्रलीबस

काठमाडौँ र भक्तपुरलाई जोड्ने सडकमा कुनै समय ट्रलीबस गुड्थ्यो। चीनको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वरदेखि सूर्य विनायकसम्म १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो। २०६५ सालयता भने पूर्ण रूपमा बन्द छ। ती ट्रलीबस मीनभवनस्थित यातायात व्यवस्था कार्यालय परिसरमा थन्किएका छन्। यहाँ ३२ वटा ट्रलीबस राखिएको छ। बसमा लेखिएका ‘म नै भविष्य हुँ, मलाई बचाउनुहोस्’ वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ। बस प्रतिदिन जीर्ण बन्दै छन्। बसका सबै पार्टपुर्जामा खिया लागिसकेको छ। विद्युतीय ट्रलीबस साँच्चै नै अब इतिहास बनेको छ।

प्रकाशित मिति: