Saturday, April 27, 2024

-->
पर्व
तिहार शुरू भएसँगै किनमेल गर्नेको भीड

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शनिबारदेखि विधिवत् रूपमा शुरू भएको छ। तिहार शुरू भएसँगै किनमेल गर्न असनलगायतका बजारमा उपभोक्ताको भीड लाग्ने गरेको छ। भाइ मसला, टीका, मखमली फूल, दाजुभाइका लागि ढाका टोपीलगायत तिहारलाई आवश्यक पर्ने सामान किन्न असन, इन्द्रचोक क्षेत्रमा ग्राहकको भिड लागेको हो। दशैँका बेला सुनसान रहेको असन क्षेत्र तिहार लागेलगत्तै भिडभाडयुक्त बनेको छ।  शनिबार काग पूजा गरिएसँगै यमपञ्चक शुरू भएको छ। बुधबार परेको भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मनपर्ने परिकार ख्वाउने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीहरूलाई आफ्नो क्षमताअनुसार दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। आइतबार कुकुर तिहारसँगै साँझ लक्ष्मीपूजा गरिँदै छ। लक्ष्मीपूजाको दिनदेखि घर–घरमा देउसी भैलो खेल्न थालिने प्रचलन छ। यस दिन घरमा लक्ष्मीको वास होस् भन्दै धन सम्पत्तिको पूजा गर्ने पनि गरिन्छ। लक्ष्मीको आगमनका लागि दियो बालेर घरलाई झिलिमिली पार्ने गरिन्छ।

प्रकाशित मिति:  


Topics