Saturday, April 27, 2024

-->
पर्व
तिहार नलाग्दै झिलिमिली काठमाडौँ

तिहार लाग्न करिब दुई हप्ता अघिदेखि नै संघीय राजधानीवासीले घरलाई झिलिमिली बत्तीले सिँगारेका छन्। सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यावसायिक घराना, बैंक र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन्। धनमाथि धन कमाइयोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ। तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रूपमा लिइन्छ। आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी भैलो खेल्दै मनाइने चाड हो तिहार। दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ। फूलको मालाले सिँगारिन्छ। लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ। परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ। जसले यतिबेला काठमाडौँ उपत्यकाका बजारहरू रङिन छन्। यो क्रम छठ पर्वसम्म नै हुन्छ। तस्वीर : न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:  


Topics