Saturday, April 27, 2024

-->
धान
धान स्याहार्ने चटारो

धान पाकेर पहेँलै बनेको पाल्पाको माडीमा यतिबेला धान काट्ने चटारो छ। दशैँ सकेर कोजाग्रत पूर्णिमासम्म नकुरी किसानहरू अहिले धान स्याहार्न खेत–खेतमा व्यस्त बनेका छन्। माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेँसी, अर्गलीलगायत फाँटमा धान पाकेर फाँट पहेँलै भइसकेको छ। असारमा रोपेको धान थन्क्याएपछि हिउँदै बाली लगाउने तयारी गरिन्छ। धान काटेर खाली भएको खेतमा गहुँ, जौ, तोरी, केराउ, मुसुरोलगायतका बाली लगाउने गरिन्छ।

प्रकाशित मिति:  


Topics