Saturday, April 27, 2024

-->
पर्व
पशुपतिमा पूजाआजासँगै नाचगानमा रमाउँदै व्रतालु

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आइतबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। यस दिन पशुपतिनाथसहित देशभरका देवालयमा व्रतालुहरूको भीड लाग्ने गर्छ।

प्रकाशित मिति:  


Topics