Saturday, April 27, 2024

-->
विरोध
’हाम्रो संस्कृतिमाथि रुबिनको हस्तक्षेप बन्द गर’

अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमको सहभागितामा काठमाडौँको इतुंबहाः मा संग्रहालय खोल्न लागेपछि शुक्रबार सम्पदा अभियानकर्मी एवं स्थानीयले असन चोकमा विरोध प्रदर्शन गरेका छन्। ‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागेको यो संग्रहालयलाई नेपाली विहारमाथिको विदेशी हस्तक्षेप मान्दै उनीहरूले विरोध गरेका हुन्। नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका नेपालका पुरातत्त्व र पहिचानका मूर्तिदेखि अन्य सामग्रीहरू न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहालयमा पहिल्यै छन् र रुबिनले संग्रह गरेको सामग्री चोरिएका सम्पदा भएकाले पनि यसको छवि पहिल्यै बिग्रेको अभियन्ता गणपति लाल श्रेष्ठ बताउँछन्। उनीहरूले ’हाम्रो संस्कृतिमाथि रुबिनको हस्तक्षेप बन्द गर’, ‘रुबिन फिर्ता जाऊ’, ‘$२०,००० दिएर हामीलाई दास बनाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रकाशित मिति: