Saturday, April 27, 2024

-->
मेहेन्दी मौसम
चुरा, पोते र मेहेन्दीको मौसम

हिन्दु महिलाहरू साउन महिना शुरू भएपछि हातमा मेहेन्दी र गलामा हरियो पोते लगाउने गर्दछन्। भगवान् शिवको महिना मानेर शिवको आराधना गरिने साउन महिनाभर हातमा मेहेन्दी लगाउनुका साथै विवाहित महिलाहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् भने अविवाहितहरूले हरियो र पहेँलो चुरा लगाउने गर्दछन्। विवाहित महिलाले हरियो–पहेँलो पोते र मेहेन्दी लगायो भने श्रीमान‍्को दीर्घायु हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। यसैगरी अविवाहितहरूले भने शिवजस्तै पति पाऊँ भनेर साउनको सोमबार व्रत बस्ने गर्दछन्। महिलाहरूमा मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भन्ने जनविश्वास पनि रहिआएको छ। काठमाडौँ न्युरोडकाे विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेका पोते पसलमा महिलाहरूको भिड लाग्ने गर्दछ। सडक छेउछाउ मेहेन्दी लगाइदिनेहरू भेटिन्छन्। तस्वीर : फोटो लाइब्रेरी

प्रकाशित मिति:  


Topics