यस्तो रहनेछ आजको मौसम

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडाैँ– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल काठमाडाैँ उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको छ भने कतै वर्षा भइरहेको छ।

आइतबार दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। यस्तै, कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ। 

राति पनि कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, मधेश प्रदेश र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मुख्यतया सफा रहने माैसम पूर्वानुमान गरिएको छ। साथै, कोशी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।