उत्पादनका बेला प्रतिमन चार हजार ५०० रुपैयाँसम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन सात हजार रुपैयाँसम्म पुगेको छ। बच्चा र माउको मनासिब मूल्य पाएपछि किसानहरू अदुवाखेतीतर्फ आकर्षित भएका छन्।
इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर तीन लाख १५ हजार रुपैयाँ हात पारे। अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) चार हजार ५०० रुपैयाँका दरले बिक्री गरेका हुन्। “गत वर्ष अदुवाको मूल्य राम्रो थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उनले भने।
पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गरेका उनले २० मन बीउ राखेर बाँकी बेचे। उनले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोपेका छन्। उनले भने, “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाखभन्दा बढी आम्दानी गर्नेछु।”
माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरे। पचास मन अदुवा चार हजार रुपैयाँका दरले बेचेका उनले यस वर्ष २० मन रोपेका छन्। यस वर्ष आम्दानी बढाउने उनको लक्ष्य छ। “परिवारको घरखर्च र छोराछोरीको पढाइ खर्च अदुवाको आम्दानीले नै धान्ने गरेको छ,” उनले भने, “यस वर्षदेखि खेती बढाएकाले आउँदो वर्षदेखि केही रकम बचत हुन सक्छ।”
माङसेबुङ–३ का किसान तेजु राईले यस वर्ष ६० मन अदुवा रोपेका छन्। दश रोपनीमा व्यावसायिक खेती थालेका उनले यसअघि १० मन बीउ माटोमा प्रयोग गरेका थिए। जिल्लाका किसान अदुवाप्रति आकर्षित भएकाले आफू पनि व्यावसायिक खेतीतर्फ अग्रसर भएको उनी बताउँछन्। आकर्षक आम्दानीका कारण धान र अन्य खेती छाडेर किसान अदुवाखेतीतर्फ लागेको उनको भनाइ छ।
उत्पादनका बेला प्रतिमन चार हजार ५०० रुपैयाँसम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन सात हजार रुपैयाँसम्म पुगेको छ। बच्चा र माउको मनासिब मूल्य पाएपछि किसानहरू अदुवाखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको छ।
माउ अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन सात हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ भने इलाममा ६ हजार रुपैयाँमा किनबेच भइरहेको स्थानीय व्यापारी राम जवेगूले बताए। उनले भने, “बच्चाबाट छुट्टै र माउबाट छुट्टै आम्दानी हुने भएकाले किसानलाई दोहोरो फाइदा छ।”
यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्दै आएका छन्। भदौसम्म माउ अदुवाको बिक्री हुने र अदुवाको मुख्य उत्पादन कात्तिकदेखि जेठसम्म हुन्छ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै बिब्ल्याँटे, मंगलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायत बजारमा यहाँको अदुवा खपत हुने गरेको छ। केन्द्रका अनुसार इलाममा तीन हजार २२१ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ। गत वर्ष यहाँ ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
