नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ।
मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोमसहित जोमसोम–कोरला सडकका विभिन्न स्थानबाट शंकास्पद रूपमा मालवस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ती कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरलाई अलग-अलग स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु लोड गरी भन्सार कार्यालयतर्फ झर्दै गरेका मालबाहक कन्टेनरहरूको कागजात जाँच तथा सोधपुछ गर्ने क्रममा ती कन्टेनर भन्सार यार्डमा जाँच नगरी सिधै सिल लगाएर ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक बस्यालका अनुसार मनसुनका कारण विपद् जोखिम न्यूनीकरणका लागि कोरला सडकमा रातिको समयमा सवारीसाधन चलाउन निषेध गरिएको छ। सो नियम विपरीत शंकास्पद रूपमा लुकाइछिपाइ चलाएर ल्याइएकाले ती कन्टेनर नियन्त्रणमा लिनुपरेको उनले बताए।
कोरला नाकादेखि भन्सार यार्डमा जाँच नगरी सिधै सिल लगाएर मालवस्तु लिई जोमसोमतर्फ आउँदै गरेका बा प्र ०१-००५ ख २२४५, बा प्र ०१-००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९६, बा प्र ०१-००६ ख २२४८, ना ६ ख २०२२ र बा प्र ०१-००६ ख ६६११ नम्बरका मालबाहक कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका कन्टेनरमा अवैध सामान हुन सक्ने बलियो शङ्का रहेकाले आवश्यक कारबाहीका लागि मुस्ताङबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको सुरक्षा टोलीसहित राजस्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइसकिएको बस्यालले बताए।
नेपाल–चीन उत्तरी कोरला नाका गत वर्षको भदौ ३१ गते पूर्ण रूपमा सञ्चालनमा आएयता पटक-पटक अवैध रूपमा सामान ओसारपसार गर्ने मालबाहक कन्टेनरहरूलाई नियन्त्रणमा लिएर कारबाही चलाइसकिएको छ। सीमा नाका कोरलाबाट पटक-पटक अवैध सामान बरामद हुनुले राजस्व छली गर्ने गिरोहहरू सक्रिय हुन थालेको आकलन गरिएको छ।
आव २०८२/८३ को पुस ९ गते कोरला नाकाबाट भित्र्याइएका दुई करोड २४ लाख मूल्य बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो। त्यस्तै, आव २०८२/८३ को जेठ २ गते पनि सोही नाकाबाट शंकास्पद रूपमा लुकाइछिपाइ भन्सार ल्याइएका २० हजार थान विद्युतीय चुरोट (भेप) सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
