Friday, April 26, 2024

-->

मौसम : बुधबारसम्म वर्षाको सम्भावना

सोमबार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम  बुधबारसम्म वर्षाको सम्भावना

काठमाडौँ- आज देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ।

त्यस्तै, सोमबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मंगलबार र बुधबार पनि पनि कोशी र बागमती प्रदेशका र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, विभागले मेघगर्जन/चट्याङ तथा  हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।


सम्बन्धित सामग्री