नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रचण्डलाई कहिल्यै सुध्रिन नसक्ने व्यक्ति भएको टिप्पणी गरेका छन्।
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड कहिल्यै सुध्रिने व्यक्ति नभएको टिप्पणी गरेका छन्।
पार्टीको सचिवालय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। “यत्रो विश्वास गरेर प्रधानमन्त्री बनाएँ, विश्वासघात गर्ने काम गरे,” ओलीलाई उद्धृत गर्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, “उनी सुध्रिने मानिस रहेनछन्। सुध्रिए होलान् भनेर सोचेको थिएँ।”
आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम रहेको र सरकारमै रहेको अवस्थामा आफ्नो पार्टीका मन्त्रीलाई काम नगर्न निर्देशन दिएर दाहालले पार्टीको अपमान गरेको ओलीको भनाई छ।
ओलीले एमाले अब संसद्मा प्रमुख प्रतिपक्षीको भूमिका रहने भन्दै सरकारका हरेक गतिविधिको निगरानी गर्ने बताए। “प्रचण्डले विगतमा गरेका थुप्रै गलत कामलाई पनि बिर्सेर उनलाई प्रधानमन्त्री बनाइएको हो। तर, कहिले सुध्रिन नसक्ने पात्र रहेछन्,” ओलीको भनाई थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
