Friday, April 26, 2024

-->

तस्करले चितवन राष्ट्रिय निकुञ्जमा मारे दुईवटा गैँडा

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-२ सेहरी नजिकै नारायणी नदीको भंगालोमा दुईवटा गैँडा मारिएको अवस्थामा भेटिएका हुन्।

तस्करले चितवन राष्ट्रिय निकुञ्जमा मारे दुईवटा गैँडा

काठमाडौँ - चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरमा २ वटा गैँडा मृत भेटिएका छन्। 

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-२ सेहरी नजिकै नारायणी नदीको भंगालोमा दुईवटा गैँडा मारिएको अवस्थामा भेटिएका हुन्। 

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार शुक्रबार बिहान करेन्ट लगाएर मारेको अवस्थामा २ वटा गैँडा भेटिएका हुन्। मृत गैँडाहरूमा एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैँडा र सोही गैँडाको चार वर्षको केटो रहेका छन्। 

पोथी गैँडाको खाग काटिएको तिवारीले बताए। त्यस्तै, केटो गैँडा भने साबुद छ। 


सम्बन्धित सामग्री