Wednesday, November 06, 2024

-->

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तो रहनेछ बुधबारको मौसम

काठमाडौँ– नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी ,मधेश र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी र मधेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी,  मधेश, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। 


सम्बन्धित सामग्री