Tuesday, May 21, 2024

-->

रोशी गाउँपालिकामा आगलागी, १५ घर जले

सामुदायिक वनको आगो बस्तीमा पस्दा १५ घर, १० गोठ र आठवटा शौचालय जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।

रोशी गाउँपालिकामा आगलागी १५ घर जले

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन्।

नजिकको सामुदायिक वनबाट फैलिएको आगोले बस्तीमा पसेपछि ती घर जलेका हुन्।

आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो। वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन्। 


सम्बन्धित सामग्री