Tuesday, June 18, 2024

-->

चीनको कोइला खानीमा दुर्घटना हुँदा ५ को मृत्यु

दुर्घटनामा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई भने उद्धार गरिएको कम्पनी स्रोतले जनाएको छ।

चीनको कोइला खानीमा दुर्घटना हुँदा ५ को मृत्यु
फाइल तस्वीर: सिन्ह्वा।

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जनाएको छ।

कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूहअन्तर्गत हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो।

सो दुर्घटनामा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ।

प्रारम्भिक अनुसन्धानले तरल कार्बन डाइअक्साइड चुहावटको कारण दुर्घटना भएको देखाएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ। 


सम्बन्धित सामग्री