Wednesday, May 01, 2024

-->

इन्डोनेसियामा ज्वालामुखी विस्फोटबाट ११ हजारभन्दा बढी विस्थापित

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

इन्डोनेसियामा ज्वालामुखी विस्फोटबाट ११ हजारभन्दा बढी विस्थापित

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। ज्वालामुखी प्रभावित क्षेत्रका उनीहरूलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ।

माउन्ट रुआङमा मंगबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो। इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले सतर्कता स्तर बढाएर चार पुर्‍याएको छ।

एजेन्सीले क्रेटर वरपरको आकार चारदेखि ६ किलोमिटरसम्म विस्तार गरेको छ। शुरूमा रुआङका ८०० भन्दा बढी बासिन्दालाई टागुलान्डाङ टापुमा सारिएको थियो। अधिकारीले बढ्दो लाभा फैलिने क्षेत्र विस्तार भएका कारण थप मानिसलाई बाहिर निकाल्नुपर्ने तथा मनाडोमा ल्याउनुपर्ने बताएका छन्।

“जोखिम क्षेत्रका कम्तिमा ११ हजार ६१५ बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्छ,” विपद् एजेन्सीको विपद् डाटा, सञ्चार र सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीलाई कोम्पास अखबारले उद्धृत गरेको अल जजिराले जनाएको छ।

अधिकारीहरू सन् १८७१ मा भएको विस्फोटमा जस्तै ज्वालामुखीको एक भाग समुद्रमा खसेको हुन सक्ने र त्यसले सुनामी निम्त्याउन सक्नेप्रति चिन्तित छन्। 

मनाडोको साम रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल कम्तिमा बिहीबार साँझसम्म बन्द रहनेछ। उड्डयन अधिकारीहरूका अनुसार ज्वालामुखीको खरानी फैलिएका कारण उडान प्रभावित भएको हो।

विमानस्थलले दक्षिण कोरिया, चीन र सिंगापुरलगायत राष्ट्रका लागि उडानहरू प्रदान गर्दछ। नजिकैको मलेसियाको कोटा किनाबालु अन्तर्राष्ट्रिय विमानस्थल जाने उडानमा पनि अवरोध सिर्जना भएको छ।


सम्बन्धित सामग्री