Tuesday, April 30, 2024

-->

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८०औँ सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार पार्टीको १०औँ महाधिवेशनको तयारी लगायतका विषयमा सो बैठकमा छलफल भएको थियो।


सम्बन्धित सामग्री