Saturday, May 18, 2024

-->

उपनिर्वाचन: इलाम–२ मा एमालेका सुहाङ नेम्बाङ विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए।

उपनिर्वाचन इलाम–२ मा एमालेका सुहाङ नेम्बाङ विजयी

काठमाडौँ– इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। नेपाली कांग्रेसका डम्बर खड्कालाई फराकिलो मतान्तरले पराजित गर्दै नेम्बाङ निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए। पाँच हजार ८३० मतान्तरले विजयी हुँदै नेम्वाङले प्रतिनिधि सभाको यात्रा तय गरेका छन्।

पहिचान पक्षधरहरूको समर्थन रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू पाँच हजार ५० मतसहित चौथो भए। 

यस क्षेत्रमा यसअघि सुहाङका बुवा सुवास नेम्बाङ निर्वाचित भएका थिए। उनको भएपछि उपनिर्वाचन भएको हो।


सम्बन्धित सामग्री