Saturday, April 27, 2024

-->

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल बुझाउन प्राधिकरणको आग्रह

प्राधिकरणले ग्राहक नबनेका, महसुल नतिर्ने तथा प्राधिकरणको स्वीकृति बिना सडकबत्ती बाल्ने स्थानीय तहको जुनसुकै बेला बत्ती काट्न सक्ने चेतावनी दिएको छ।

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल बुझाउन प्राधिकरणको आग्रह 

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले सडकबत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल बुझाउन विभिन्न स्थानीय तहलाई आग्रह गरेको छ। 

प्राधिकरणले ग्राहक नबनेका, महसुल नतिर्ने तथा प्राधिकरणको स्वीकृति बिना सडकबत्ती बाल्ने स्थानीय तहको जुनसुकै बेला बत्ती काट्न सक्ने चेतावनी दिएको छ।

“देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत करिब ६ अर्ब  विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई बुझाउन बाँकी छ।बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत सडक बत्ती जडान गराउन आग्रह गरिन्छ,” प्राधिकरणले भनेको छ। 

 


सम्बन्धित सामग्री