Saturday, April 27, 2024

-->

प्रतितोला दुई हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन एक लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रतितोला दुई हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार पनि बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन एक लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ। बिहीबार प्रतितोला एक लाख २७ हजार ९०० थियो। 

यस्तै, बिहीबार प्रतितोला एक लाख २७ हजार ३०० मा कारोबार भएको तेजाबी सुन एक लाख २९ हजार ४०० रुपैयाँ तोकिएको छ। 

चाँदीको मूल्यसमेत वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार ५१० मा कारोबार भएको चाँदी एक हजार ५२५ रुपैयाँ पुगेको छ।


सम्बन्धित सामग्री