Saturday, April 27, 2024

-->

कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।

कोशी बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखी मध्यम वर्षा हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने सम्भावना छ।


सम्बन्धित सामग्री