Saturday, April 27, 2024

-->

मुगुमा जिप दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुगुमा जिप दुर्घटना २ जनाको मृत्यु ४ घाइते

मुगु– गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको जिप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जिप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जनाइएको छ।

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले  जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा जिप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी छन्। घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हीरादिङ नेपाली र प्रेम नेपाली रहेका उनले बताए।

घाइते मन्जनेको अवस्था चिन्ताजनक  रहेको  बताइएको छ। प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै  गरेको बताए।


सम्बन्धित सामग्री