बिहीबार बिहान नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका थिए। त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उनीसँग बयान लिन शुरू गरेको हो।
काठमाडौँ– बाँसबारीको सरकारी जग्गा किर्ते ठगी गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको सीआईबीले सांसद विनोद चौधरीसँग बयान लिन शुरू गरेको छ।
बिहीबार बिहान बयान दिन नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका थिए। त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उनीसँग बयान लिन शुरू गरेको हो।
“सरकारी वकिलको रोहबरमा हामीले उहाँसँग बयान लिन शुरू गरेका छौँ। अनुसन्धानका क्रममा सोध्नुपर्ने आवश्यक विषय छन्,” सीआईबीका एक अधिकृतले भने।
सीआईबीले बाँसबारीको सरकारी जग्गा किर्ते गरी ठगी गरेको सम्बन्धमा सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको संलग्नताबारे अनुसन्धान भइरहेको पत्र बुधबार मात्रै सभामुखलाई पठाएको थियो।
सीआईबीका अनुसन्धान अधिकृत एसपी होविन्द्र बोगटीले सभामुख देवराज घिमिरेलाई पत्र पठाएर सांसद चौधरीका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका थिए।
“बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको कामनपा–३ को १० रोपनी जग्गा गैरकानूनी तबरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसद्का सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी गराइन्छ,” सभामुखलाई सीआईबीले पठाएको पत्रमा भनिएको छ।
मुख्यतः चौधरीकै अगुवाइमा २०४३–२०४४ सालमा यो सरकारी जग्गा उनको परिवारले हात पारेको र पछि यसलाई निजी सम्पत्ति बनाइएको प्रकरण उकालोले उजागर गरेको थियो। चौधरी अहिले प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्।
आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिएका थिए। यो प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले विनोदका भाइ वसन्त चौधरी र भिनाजुसँग बयान लिइसकेको छ। माघ १८ गते अरुण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको थियो।
प्रतिनिधिसभाका सभामुखसहितको प्रतिनिधिमण्डलको टोली बिहीबार विदेश भ्रमणमा जानुअघि नै सीआईबीले सभामुखलाई पत्र पठाएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
