काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको विद्युतीय गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
हेटौँडा– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज दिउँसो यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काठमाडौँबाट हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको इभी दिउँसो २:०० बजे सडकबाट करिब एक हजार मिटर तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको हो। घाइते चार जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौँ र एक जनालाई हेटौँडा अस्पताल पठाइएको छ। गाडीमा चालकसहित आठ जना सवार थिए।
मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
