Thursday, May 09, 2024

-->

विज्ञ भन्छन्– नेपालले आफ्नो हितलाई प्राथमिकतामा राख्नुपर्छ

विश्व ध्रुवीकरण, नेपालको भूराजनीतिक अवस्थिति र राष्ट्रिय सुरक्षाबीचको अन्योन्याश्रित सम्बन्धको सन्दर्भमा नेपालले आफ्नो हितलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञको सुझाव छ।

विज्ञ भन्छन्– नेपालले आफ्नो हितलाई प्राथमिकतामा राख्नुपर्छ

काठमाडौँ–  फेरिएको विश्व राजनीतिक परिबेश र भूराजनीतिमा नेपालको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने विज्ञले बताएका छन्। 

विश्व राजनीतिको बदलिँदो परिवेशमा नेपालको भूरणनीतिक अवस्थाबारे काठमाडौँमा आयोजित अन्तर्क्रियामा विज्ञले यस्तो बताएका हुन्। परराष्ट्रमन्त्री एनपी साउद प्रमुख वक्ता रहेको कार्यक्रममा सहभागीले भूराजनीतिका विभिन्न पक्षबारे धारणा राखेका थिए। 

विश्व ध्रुवीकरण, नेपालको भूराजनीतिक अवस्थिति र राष्ट्रिय सुरक्षाबीचको अन्योन्याश्रित सम्बन्धको सन्दर्भमा नेपालले आफ्नो हितलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञको सुझाव छ। कार्यक्रम ग्लोबल सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटी गभर्नेन्स (जीसीएसजी) ले आयोजना गरेको हो।

संस्थाका कार्यकारी निर्देशक अभयराज जोशीले विश्वमा वातावरणीय सुरक्षाको महत्वमा जोड दिँदै रुस–युक्रेन युद्धले विश्व राजनीतिमा पारेको असर, शक्ति राष्ट्रबीच गठबन्धन तथा अमेरिका र भारतमा हुन लागेको निर्वाचनलगायतले नेपालमा पार्ने प्रभाव लगायत विषयमा धारणा राखेका थिए। 


सम्बन्धित सामग्री