गृह मन्त्रालयले भिजिट भिसासँग सम्बन्धित १७बुँदे निर्देशन खारेज गरेको छ।
काठमाडौँ– गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेमाथि कडाइ गर्ने नाममा ल्याएको १७बुँदे निर्देशनलाई खारेज गरेको छ। २०७८ फागुन २६ गतेको सचिवस्तरीय निर्णयबाट १७ बुँदे निर्देशन लागू गरिएको थियो।
भिजिट भिसाका नाममा नक्कली कागजपत्र बनाएर विदेश जाने र त्यसरी जानेहरूसँग मोटो रकम असुली गरिएपछि उक्त निर्देशिका खारेज गरिएको हो। भिजिट भिसाका नाममा १७बुँदे लागू गरेर त्यसबाट पैसा असुलीमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र तत्कालीन सचिव टेकनारायण पाण्डे संलग्न रहेको समाचार उकालोमा प्रकाशित भएको थियो।
यो पनि : मानव तस्करीको ‘सेटिङ मिलाउन’ गृह मन्त्रालयबाटै भएको त्यो निर्णय
केही दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले १७बुँदे निर्देशन खारेज गरी नयाँ ल्याउन दिएका थिए। उक्त निर्देशन खारेज गर्दै ६बुँदे नयाँ निर्देशिका जारी गरिएको गृह मन्त्रालयका एक सहसचिवले बताए।
नयाँ निर्देशिकामा राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
