Sunday, April 28, 2024

-->

कोशी, बागमती र लुम्बिनीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी बागमती र लुम्बिनीमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा बंगलादेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। 

जसका कारण कोशी, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै र मधेश तथा लुम्बिनीको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

राति पनि कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री