Thursday, May 02, 2024

-->

कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर रहेको छ।

कोशी मधेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– सोमबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा सामान्य वर्षा भइरहेको छ।

कोशी, मधेश, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती र गण्डकी  प्रदेशको पहाडी भू–भागको थोरै स्थान तथा बाँकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर रहेको महाशाखाले जनाएको छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। 


 


सम्बन्धित सामग्री